कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, १६ असार :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टीको १४ औं महाधिवेशन कार्यतालिका ९केन्द्र बाहेक० परिमार्जन गर्न बैठक बस्न लागेको हो ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकबाट केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिवेशन मिति परिमार्जन गरिनेछ ।

यसअघि आइतबार बसेको पदाधिकारी बैठकले पार्टी केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको मिति परिमार्जन गर्ने निर्णय लिएको थियो । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गर्दै कार्यतालिका तय गरेको थियो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी कात्तिक १६ गतेदेखि गाउँरनगर वडा अधिवेशनबाट कांग्रेसको महाधिवेशन सुरु हुने भनिएको थियो । तर, कोरोना भाइरसका कारण सदस्यता वितरणकै काम रोकिएपछि कांग्रेस पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्नुपर्ने स्थितिमा पुगेको हो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’