गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

काठमाडौं, २ असोज : गएराति गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा तनहुँमा ६८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै गोरखा, लमजुङ, सुनसरी र झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको मौसम महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यसैबीच पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मझिमटारमा हिलोका कारण अवरुद्ध सडक खुलेको छ ।

गएरातिको वर्षाका कारण सडकमा हिलो जम्दा राति गाडी चल्न सकेका थिएनन् । आज बिहानदेखि हिलो पन्छाएपछि सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी