चितवन, २३ असोज : भरतपुर महानगरपालिका वडा नं १३ चम्पानगरमा अवस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयले सरसफाइ उत्सव – २०८३ सम्पन्न गरेको छ । विजया दशमी २०८३ को अवसरमा उक्त कार्यक्रम सम्पन्न गरेको विद्यालयमा प्रधानाध्यापक सुनिल सिटौलाले बताए ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विमला ओझाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय सरसफाइ गरि विजया दशमी २०८३ को शुभकामना आदानप्रदानका साथ शुरू भएको सरसफाइ क्लबका संयोजक आनन्द मिश्रले बताए ।

कार्यक्रममा बोल्दै विद्यालयमा प्रधानाध्यापक सुनिल सिटौलाले सम्पूर्ण सरोकारवालाहरूमा विद्यालय प्रतिको अपनत्व बढेको महशुश भएको र विद्यालय अझ बढी सफा, स्वच्छ र हराभरा राखी थप शैक्षिक उपलब्धि बृद्धि गर्न उत्प्रेरणा जगाएको बताए ।कार्यक्रममा १०० जनाको उपस्थिती रहेको र कार्यक्रमको संयोजन सयुक्त रुपमा इको क्लब र सरसफाइ क्लबले गरेको इको क्लबकी संयोजक शोभा अधिकारीले बताइन् ।





