थप ४८२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ हजार नाघ्यो

काठमाडौँ, १७ असार :

नेपालमा थप ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६५ पुरुष र ११७ महिला गरी कुल ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । तीमध्ये एक हजार ७७४ महिला र १२ हजार २७२ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म चार हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८ वर्षमुनिका दुई हजार ७१ बालबालिकामा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएका बालबालिका भारतबाट आफ्ना आमा र बुबासँग आएको उहाँले बताउनुभयो । यस्तै सङ्क्रमण देखिएका सुदुरपश्चिम प्रदेशमा १७५ बालबालिका ९ वर्ष मुनिका छन् । उहाँले बालबालिकालाई सङ्क्रमण देखिएकाले बाहिर नजान आग्रह गर्नुभयो ।

एकको मृत्युसँगै मृतक ३० पुगे

कोरोना भाइरस सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अछाम जिल्ला रामारोशन गाउपालिका–५ का ४५ वर्षीय पुरुषको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनको यही असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।

मधुमेह रोगको समस्या रहेको उनको यही असार १६ गते सङ्क्रमण भएको पृष्टि भएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । (रासस)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन