गिरिजाप्रसाद कोइरालाको आज ९६ औ जन्मजयन्ती मनाइदैं

काठमाडौं, १८ असार :
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको आज ९६ औ जन्मजयन्ती मनाइदैछ । कोरोना महामारीको यो अवस्थामा कोइरालाको जन्मजयन्तीको अवसरमा अनलाइन माध्यमबाट काँग्रेसनिकट संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

गिरिजाप्रसाद कोइरालाको जन्म वि।सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन रहनु भएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजा प्रसादको जन्म भएको थियो ।

कोइरालाको राजनीतिको शुरुवात भने मजदूर नेताको रुपमा भएको थियो । गिरिजाप्रसाद नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष हुनुभयो ।

२०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएसँगै गिरिजाप्रसाद जेल पर्नुभयो । २१ दिन भोक–हडताल गर्नुभयो र छुटेर उहाँ २०२१ मा भारत प्रवासमा जानुभयो । २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचत हुनुभयो ।

उहाँ लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि हुनुभयो । २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ ।

कोइराला मुलुकमा पाँचपटक प्रधानमन्त्री हुनुभयो भने चार कार्यकाल पार्टी सभापति हुनुभयो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो । उहाँको छोरी सुजाता कोइराला हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’