काठमाडौँ, १८ असार :
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ ।
कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधनलगायत महत्वपूर्ण काम सम्पन्न गरेको छ ।
विषमावस्थामा समेत जनताका दैनिक जीवनसँग जोडिएका विविध विषयमा छलफल भई सङ्घीय संसद्ले सरकारलाई दिशा निर्देश गरेको छ । (रासस)