उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा प्रस्थान

pkk|wfgfdGqL kf]v/]n;lxtsf] 6f]nL Jof;df bfr'{nf, % kmfu'g -/f;;_ M bfr'{nfsf] Jof; ufpFKfflnsfsf] sfnfkfgL lnk'n]s If]qsf] ;Ldf cjnf]sgdf pkk|wfgfdGqL O{Zj/ kf]v/]n;lxtsf] 6f]nL . Jof;sf] ltªs/df ;z:q k|x/L /fVg tyf ;Ldfsf] cj:yfaf/] cWoog cjnf]sg ub}{ 6f]nL . ef/tn] sfnfkfgL lnk'n]s, lnlDkofw'/f nufotsf] g]kfnsf] e"ld ef/tLo gS;fdf b]vfPkl5 To; sfo{sf] g]kfnn] lj/f]w ub}{ cfPsf] 5 . t:jL/ g/]Gb| sfsL{, /f;;

दार्चुला, ५ फागुन :

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गर्नुभएको छ । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँ व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गर्नुभएको हो । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गर्नुभएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ कोउद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल यहाँ आउनुभएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा