बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

मुम्बई, १९ असार :

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उहाँले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गर्नुभएको थियो । उहाँ बलिउडमा झण्डै चार दशक सक्रिय हुनुभएको थियो ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ हुनु भएको थियो । उहाँलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

“उहाँको गएराती २.३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भन्नुभयो । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उहाँको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् । (रासस-पिटिआई)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा