आइतबार खाडी र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कंदै

काठमाडौं, २१ असार :
आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत त्यहाँ समस्यामा परेका नेपाली स्वदेश फर्कने भएका छन् । कोरोना महामारीका कारण उडान बन्दा हुँदा विभिन्न कारणले समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्कन लागेका हुन् ।

आज कतारको दोहाबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । नेपाली लिएर हिमालय र नेपाल एअरलाइन्स कतारबाट नेपालका लागि उडिसकेको छ भने यूएईबाट पनि आज दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् ।

दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउँदैछन् भने कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली लिएर जजिरा एअर नेपाल आउँदैछ ।

यस्तै आज नेपाली लिन चार देशमा जहाजहरु जाँदैछन् । नेपाल एअरलाइन्स साउदीको दमाम र बहराइन जाँदैछ भने हिमालय एअरलाइन्स मलेसियाको क्लालाम्पुर र कुवेत जाँदैछ ।

हिजो छ उडानमार्फत विभिन्न देशबाट ९२८ जना स्वदेश आइपुगेका छन् । हिजो नेपाली लिएर आएका जहाजले साउदीबाट सात र मलेसियाबाट ३ वटा शव पनि ल्याएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा