६ महिनादेखि बन्द रसुवागढी नाका आजदेखि खुल्यो

काठमाडौं, २२ असार :
नेपाल–चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि यो नाका बन्द रहेको थियो । नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बिहान ८ बजे नाकाबाट ढुवानीको काम सुरु गरिएको जानकारी दिए । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खोलिएको उनले जानकारी दिए ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ । मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने भन्सार कार्यालयले जनाएको छ ।

व्यवसायीहरु चीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि जिल्ला प्रशासनको पास अनिवार्य गरिएको खड्काले जानकारी दिए ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी