देशभरका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, २२ असार :
आज र भोली दुई दिन देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। आज खान छुटेका बालबालिकालाई भोलि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने छ। सरकारले गएको ६ र ७ वैशाखमै बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने तयारी गरेको थियो ।तर कोरोना भाइरसको महामारीका कारण यो कार्यक्रम स्थगित भएको थियो ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्दै आएको छ । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ ।

जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ। छ महिनादेखि पाँच वर्ष मुनीका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ । बालभिटा भने २०६६ देखि खुवाउन थालिएको हो ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने