अब सधैँका लागि कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

काठमाडौं, २२ असार :
सरकारले कक्षा ११ को परीक्षा अब सधैँ सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन गर्ने निर्णय गरेको हो ।

परिषद्को अध्यक्ष शिक्षामन्त्री हुन् । अब सधैँ कक्षा ११ को परीक्षा विद्यालयले लिने निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए। सरकारको यो निर्णयसँगै कक्षा ११ को परीक्षा कसरी गर्ने भन्ने अन्योलको अन्त्य भएको छ । कक्षा १२ को परीक्षा भने अनुकूल समयमा लिने शिक्षा मन्त्रालयको तयारी छ ।

परिषद्ले निर्णय गरी आन्तरिक मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि निर्माणको काम सुरु गरिसकेको जनाएको छ । कोरोना संक्रमणले उत्पन्न भएको परिस्थितिका कारण सरकारले गत चैत ६ देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० स्थगित गरेको थियो ।

विद्यालयले गर्ने आन्तरिक मूल्यांकन र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणीकरण भएर आएको नम्बरको आधारमा अब राष्ट्रिय परीक्षा बोर्डले एसइईको ग्रेडसिट जारी गर्ने निर्णय गर्ने छ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने