विदेशमा अलपत्र ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै

काठमाडौं, २४ असार :
कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन् ।

आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत, कतार लगायतका देशबाट ९ सय ६३ जनालाई ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। नेपाल एयरलाइन्सको जहाजबाट युएईको दुबईबाट आज विहानै १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् ।

नेपाल एयरलाइन्सकै अर्को जहाजले कतारबाट १ सय ५० जना लाई ल्याएको छ । यसैगरी हिमालय एयरलाइन्सका जहाजले कतारबाट विहान ९ बजे १५४ जना ल्याइपु¥याएको छ । मलेसियाबाट दिउँसो साढे १२ बजे १५४ जना नेपालीलाई काठमाडौं ल्याइपु¥याउने छ ।

आजै दिउँसो २ बजे मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १ सय ७८ जना तथा कतार एयरवेजको विमानले कतारबाट १ सय ७७ जना नेपाली लिएर दिउँसो सवा १ बजे काठमाडौं आइपुग्ने विभानस्थल कार्यालयले जनाएको छ । हिजो विभिन्न देशबाट १ हजार ३ सय ३० जना नेपाली स्वदेश फर्किएका थिए।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी