कोरोनाबाट ब्राजिलमा करिब ७० हजारको मृत्यु

रियो डे जानेरो, २६ असार :

विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।

गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ ।

ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुदै आएको छ । (रासस -सिन्ह्वा)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’