भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

काठमाडौँ, २७ असार :

मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।

नेकपाका अध्यक्ष एवं फाण्डेशनका संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई व्यक्तिगतरूपमा जोडेर उछालिएका सामग्रीले कूटनीतिक मर्यादा र पत्रकारिताको मूल्य मान्यतामा आघात पुगेको फाउण्डेशनको भनाइ छ ।

फाण्डेशनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरी त्यस्ता दुर्नियतपूर्ण, कपोलकल्पित र आक्षेपपूर्ण समाचारको सम्बन्धमा समयमै कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।

नेपालका आम सञ्चारमाध्यमलाई नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र राष्ट्रियताको पक्षमा ठोस कदम चाल्नसमेत आग्रह गरिएको छ । (रासस)

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी