प्रिमियर लिगः वेष्ट ह्यामसँग हारेपछि नरिच सिटी रेलिगेशनमा

काठमाडौँ, २८ असार :
नरिच सिटी इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलीगेशनमा पर्ने पहिलो टिम बनेको छ ।

गएराति भएको ३५ औं चरणको खेलमा वेष्ट ह्याम युनाईटेडसँग ४–० ले पराजित भएपछि नरिच इंग्लीश फुटबलको शिर्ष डिभिजनबाट दोस्रो श्रेणीमा घटुवा भएको हो ।

अन्तिम पटक २०१६(१७ को सिजनमा च्याम्पियनसिपमा झरेको नरिचले यो सिजनको सुरुवाती केही चरणमा राम्रो प्रदर्शन गरेपनि त्यसपछि लगातार खस्किएको थियो ।

यो सिजनमा नरिचले अहिलेसम्म खेलेका ३५ खेलमध्ये ५ खेलमा मात्रै जित निकालेको छ । उसले ६ खेल बराबरी गर्दा २३ खेल हारेको छ । प्रिमियर लिग फुटबलमा गएराति च्याम्पियन लिभरपुललाई बर्नलेले १–१ गोलको बराबरीमा रोक्दा शेफिल्ड युनाईटेडले चेल्सीमाथि ३–० को सहज जित निकालेको छ ।

यसैगरी वाट्फोर्डले न्युकासल युनाईटेडलाई २–१ ले हराउँदा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ५–० को फराकिलो अन्तरमा पाखा लगायो । एजेन्सी

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन