मास्क लगाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको चर्चा

काठमाडौँ, २८ असार :
कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखापरेका छन्। ट्रम्प घाइते सैनिक भेट्न वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टर पुगेका हुन् ।

अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु ठूलो काम भएको उनले बताए । आफू कहिल्यै मास्क विरोधी नभएको भन्दै ट्रम्पले स्थानविशेष र निश्चित समयमा मात्र यो आवश्यक पर्ने दावी गरेका छन् ।

ट्रम्पसँगै रहेका कर्मचारीहरु पनि यो पटक मास्क लगाएरै देखा परेका छन्। महामारी सुरु भएयता मिडियाहरुले पहिलोपटक मास्क लगाएका ट्रम्पको फोटो सार्वजनिक गरेका हुन् ।

ट्रम्पको चुनावी र्यालीमा न मास्क, न भौतिक दुरी ट्रम्पले यसअघि आफ्नै प्रशासनका स्वास्थ्य विज्ञहरुले मास्क लगाउन गरेको अनुरोधलाई टेरेका थिएनन् ।

महामारीका कारण मानवीय हताहति बढ्दै गएपनि मास्कको विपक्षमा देखिएका ट्रम्पलाई उनका सहयोगीहरुले निरन्तर मास्क लगाउन आग्रह गरेका थिए ।

सीएनएनका अनुसार ट्रम्पले मास्क लगाउनुका पछाडि सोही अनुरोधले काम गरेको हो । एजेन्सी

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने