अछाम कारागारमा कैदी मृतावस्थामा

अछाम, ६ फागुन :

यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।

आज बिहान ढिलोसम्म उहाँ नउठ्नुभएपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो । मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ ।

मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।(रासस)

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो