इंग्लिस प्रिमियर लिगमा एभर्टन र वल्भ्स विजयी

काठमाडौं, ६ साउन :
इंग्लिस प्रिमियर लिगमा एभर्टन र वल्भ्स विजयी भएका छन् । एभर्टनले सेफिल्ड युनाइटेडलाई तथा वल्भ्सले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो । एभर्टको जितमा ब्राजिली रिचार्लीसनले दोस्रो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो ।

रिचार्लीसनले ४६औं मिनेटमा गिल्फी सिगुडसनको पासमा गोल गरेका थिए । जितपछि एभर्टन ३७ खेलबाट ४९ अंक जोडेर ११औं स्थानमा उक्लिन सफल भएको छ । पराजित सेफिल्ड ५४ अंकसहित आठौं स्थानमा यथावत छ । यस्तै अर्को खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ ।

वल्भ्सको जितमा ड्यानिल पोडेन्स र जोनीले गोल गरे । जितपछि वल्भ्स ५९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । वल्भ्सले टोटेनहम हस्टपुरलाई एक अंकले पछि पार्दै शीर्ष ६ मा रहेर अर्को सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना जीवितै राखेको हो ।

पराजित क्रिस्टल प्यालेस ४२ अंक जोडेर १४औं स्थानमा यथावत छ । यस्तै अर्को खेलमा ब्राइटन र न्युक्यासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि न्युक्यासल ४४ अंक जोडेर १३औं स्थनमा यथावत रहँदा ब्राइटन ३८ अंक जोडेर १५औं स्थानमा यथावत छ । एजेन्सी

 

 

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय