फुटबल क्षेत्रको प्रतिष्ठित अवार्ड ‘बालोन डि’ओर’ यस वर्ष प्रदान नगरिने

काठमाडौं, ६ साउन :

यो वर्ष फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर प्रदान नगरिने भएको छ । फ्रेञ्च फुटबलले सोमबार कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ ।

कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । कोरोनाकै कारण फ्रेञ्च लिग रद्ध भएको थियो । सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो ।

अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै पनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन । यो अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सबैभन्दा बढी ६ पटक जितेका छन् ।

यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । एजेन्सी

 

 

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम