काँग्रेस गुल्मीका प्रथम सभापति ज्ञवालीको निधन 

काठमाडौँ, ६ फागुन :

नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उहाँ सो रोगबाट पीडित हुँदै आउनुभएका थियो । पूर्वसांसद समेत रहनुभएका उहाँको उपचारका क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।

विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मनुभएका उहाँ २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । नेपाली काँग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवम् अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाउनुभएको छ । (रासस)

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक