दुई विधेयक विधायन व्यवस्थापन समितिमा

/fli6«o;efsf] a}7s /fli6«o;efsf] d+unaf/sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL, u[xdGqLnufot ;b:ox? . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौँ, ६ फागुन :

राष्ट्रियसभाको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘योगमायाँ आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आजको बैठकमा भ्रष्टाचार निवारणसम्बन्धी विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तम्बाहाङ्फेले तथा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकलाई अर्थमन्त्री डा युवराज खतिवडाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘पारमाणविक विधेयक, २०७५’लाई टेबल गर्नुभएको थियो ।

बैठकको शुरुमा भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मन्त्रिपरिषद् पुनः गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियो । बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०७५-७६ लाई सभासमक्ष पेश भएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट कानूनमन्त्री तुम्बाहाङ्फेले उक्त प्रतिवेदन पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने भएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो