भिजन लुम्बिनी उर्जामा लगानी गर्ने चितवनका लगानीकर्ताहरुबिच छलफल

चितवन, १४ साउन ।

सेती नदी जलविद्युत परियोजनामा लगानी गर्ने चितवनका लगानीकर्ताहरु बिच परियोजना निर्माणको अवस्था, उपलब्धि र बाँकी कार्ययोजनाका विषयमा छलफल गरिएको छ । बुधबार भरतपुरमा सम्पन्न भेलामा लगानीकर्ताहरु बिच अन्तरक्रिया गरिएको हो ।

भिजन लुम्बिनी उर्जा कम्पनि लिमिटेडको नामबाट सो परियोजनामा लगानी गरिँदै छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ भुजुङमा निर्माणाधिन २५ मेघावाटको यस परियोजनाको कुल लागत ५ अर्ब रहने छ भने चितवनबाट मात्रै हालसम्म १२ करोड लगानी भईसकेको छ ।

 

कम्पनिका सञ्चालक समिती सदस्य सुदिप सिंह अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा ४० जना लगानीकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई समितीका अध्यक्ष जगत बहादुर पोख्रेलले काठमाण्डौबाट र परियोजना प्रबन्धक प्रा. ई. लेखनाथ पाण्डेले निर्माणाधिन स्थल पोखराबाट सम्बोधन गर्नुभएको थियो ।

सो परियोजना २०७९ साल चैत्र मसान्त सम्म सम्पन्न गरि उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोड्ने लक्ष्य राखिएको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव