प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, ८ फागुन :

प्रतिनिधि सभाको बैठकमा बिहीबार सांसद्ले उठाएका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने भएका छन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयसम्बन्धी प्रश्न सोधिने र तिनको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी सार्वजनिक ऋण व्यवस्थापन विधेयक र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयकमाथि सम्बन्धित मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको शिक्षासम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, बीउ बिजन दोस्रो संशोधन विधेयक र बिरुवा संरक्षण पहिलो संशोधन विधेयक पारित गर्ने तयारी पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै शुक्रबार दिउँसो १ बजे बोलाइएको राष्ट्रिय सभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पनि पेस हुनेछ भने पारमाणविक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सम्बन्धित मन्त्रीले पेस गर्ने तयारी छ ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन