अडियो प्रकरणबारे सञ्चारमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडौं, ८ फागुन :

घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् । अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए ।

उनले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकारसम्मेलन मार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी