अडियो प्रकरणबारे सञ्चारमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडौं, ८ फागुन :

घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् । अहिले कैलालीमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले यो विषयमा आफूले सार्वजनिक रुपममै भन्ने बताए ।

उनले बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकारसम्मेलन मार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’