कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

काठमाडौं, ८ फागुन :

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरिएको कमिसन बारेको कुराकानीको अडियो सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसको छानवीनको माग गर्दै सदन अवरुद्ध गरेको हो ।

कांग्रेस सांसद जितेन्द्र नारायण देवले तीन वटा मागलाई अघि सार्दै सदन चल्न नदिने बताए ।

‘सञ्चारमन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ, यो घटनाको बारेमा तुरुन्त दुधको दुध पानीको पानी हुनेगरि छानवीन समिति हुनुपर्छ र यो घटना के हो रु अडियोको रुपमा आएपछि प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ ’ सांसद देवले संसदमा भने,‘यसपछि मात्र सदन अघि बढ्छ ।’

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै