फलामको ढोकाले किच्दा मृत्यु

झापा, ३१ साउन :

बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताउनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।(रासस)

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी