सताक्षी गोल्डकपमा आज उपाधिको लागि मछिन्द्र र थ्री स्टार भिड्दै 

काठमाडौं, ११ फागुन :

तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनल खेल आइतबार हुँदैछ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा हुने फाइनलमा मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र सिजनको दोस्रो उपाधि उचाल्ने लक्ष्यमा रहेको छ । मछिन्द्र थ्री स्टारलाई हराएर एक सातापछि नै अर्को उपाधि जित्न चाहन्छ ।

यता, थ्री स्टार भने सिजनको पहिलो उपाधि उचाल्न चाहन्छ । तर, बलियो टिम मछिन्द्रविरुद्ध थ्री स्टारलाई जित निकाल्न भने कठिन चुनौती रहेको छ । मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तथा लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई २-० ले हराएको थियो ।

थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३-१ गोल अन्तरले हराएको थियो । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ ।

उपविजेताले ३ लाख पाउने छ । प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन्। त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०र२० हजार पाउने छन् ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी