दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल 

काठमाडौँ, १२ फागुन :

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका क्रममा उहाँहरुबीच मुलुकको समसामयिक र पार्टी सञ्चालनका विषयमा छलफल भयो ।’’थापाले दुई अध्यक्षको भेटवार्ता नियमित रहेको समेत बताउनुभयो ।

पार्टी अध्यक्ष दाहालसंँग भेटवार्ता भएपछि प्रधानमन्त्री ओली पोखरामा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानु भएको छ । (रासस)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन