कोरोना सङ्क्रमितको एम्बुलेन्समा मृत्यु

लहान, १६ असोज :

कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै आज मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उहाँलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुिष्ट भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ ।(रासस)

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा