सुदुरपश्चिम खप्तड गोल्डकपमा पुलिस र एपीएफ बिच प्रतिस्पर्धा हुदै

काठमाडौं, १५ फागुन :

सर्वाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगीतको तेस्रो क्वार्टरफाईनलमा आज नेपाल एपीएफ र नेपाल पुलिसबिच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनल प्रबेशको योजनामा रहेका विभागीय टोली दिउासो ३ बजे एक अर्काबिरुद्ध मैदान उत्रनेछन् ।

धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाईनल पुगेको पुलिसले आफ्नो पहिलो रोजाईको सेटलाई एपीएफबिरुद्ध मैदान उतार्नेछ । पुलिस वाई पाएर सिधै क्वार्टरफाईनल प्रबेश गरेको हो भने एपीएफले न्युरोड टिम एनआरटीलाई हराएर पुलिससंगको भेट पक्का गरेको हो ।

आजको विजेताले सेमिफाईनलमा आयोजक सुदुरपश्चिम ११ को सामना गर्नेछ । सुनसरीमा जारी २२ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो सेमिफाईनलमा आज ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र विभागीय नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । मोफसलको दोस्रो उपाधि उचाल्ने योजनामा रहेको मछिन्द्र विभागीय टोलीलाई हराउदै मनाङसंगको उपाधि भेट पक्का गर्ने दाउमा छ ।

पुलिस पनि बलियो टोली मछिन्द्रलाई पराजित गर्दै पहिलो उपाधि हात पार्ने लक्ष्यमा आज मैदान उत्रनेछ । सुनसरीस्थित धरान रंगशालामा दिउँसो सवा ३ बजे गोल्डकपको दोस्रो सेमिफाईनल खेल सुरु हुनेछ । आजको विजेताले शनिबार मनाङ मस्र्याङदी क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा पाहुना टोली युकेएफसी भारतलाई २–० ले हराउदै मनाङ मस्र्याङदी क्लबले उपाधि यात्रा तय गरेको थियो । ८ टोली सहभागी गोल्डकपको उपाधि विजेता टोलीले १० र उपविजेता टोलीले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी