प्रधानमन्त्री ओली आज अस्पाताल भर्ना हुँदै

काठमाडौं, १९ फागुन :

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि आज अस्पाताल भर्ना हुनुहुदैछ । काठमाडौंको त्रिवी शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको पर्सी वुधबार मृगौला प्रत्यारोपण हुन लागेको हो । यसअघि प्रधानमन्त्री ओलीले १३ बर्ष अघि पहिलो पटक मिर्गौलाको प्रत्यारोपण गर्नुभएको थियो ।

प्रत्यारोपण अघि एन्टी रिजेक्सन औषधिको प्रयोग गर्नुपर्ने भएकाले आजबाट उहाँमा त्यसको तयारी गरिने अस्पातालका युरोलोजी बिभाग प्रमुख डा प्रेमराज ज्ञवालीले बताउनुभयो । प्रधानमन्त्री ओली केहि बैठक तथा छलफल सकेर दिउँसो अस्पाताल भर्ना हुने उहाँको निजि सचिवालयले जनाएको छ ।

ओलीको उपचारमा डा ज्ञवालीसहितको टोली परिचालन गरिनेछ । त्यस्तै आवश्यक परेको खण्डमा आउने गरी भारतको एपोलो अस्पातालका डाक्टरलाई पनि तयारी अवस्थामा राखीएको छ । प्रधानमन्त्री ओलीलाई नाताले भान्जी पर्ने झापाकी ३२ बर्षिय महिलाले मिर्गौला दिन लाग्नुभएको छ । अघिल्लो पटक भारतको एपोलो अस्पातालमा मृगौला प्रत्यारोपण गराएका ओलीले यसपटक मुलुककै अस्पातालमा प्रत्यारोपण गराउन लाग्नुभएको हो ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा