कोरोना भाइरसको संक्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन 

काठमाडौं, १९ फागुन :

सरकारले कोभिड – १९ अर्थात कोरोना भाइरसको संक्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन गरेको छ । आवश्यक स्वास्थय सामाग्री सहित स्वास्थ्य टोलीले प्रदेश सरकारसँग समन्वय गर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारी व्यवस्थापन सम्बन्धी कार्ययोजना नै बनाएर स्वास्थ्य टोली परिचालन गरेको हो ।

हाल विश्वभर फैलिएको कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरी सोही अनुसार स्वास्थ्य टोली खटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षलाई थप जनशक्ति र उपकरणसहित सबै प्रभावित मुलुकबाट नेपाल आउने यात्रुको अनिवार्य जाँच गर्ने प्रबन्ध समेत मिलाइएको मन्त्रालयले जनाएको छ । यस्तै बाग्मती प्रदेश सरकारले कोरोनाको संक्रमण रोक्न उच्च सतर्कता अपनाएको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको छ ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै