नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय बैठक आजदेखि ढाकामा हुँदै

काठमाडौं, २० फागुन :

नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौं बैठक आजदेखि ढाकामा हुँदैछ । बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल हिजै त्यसतर्फ प्रस्थान गरेको छ ।

दुई दिने सो बैठकमा नेपाल–बङ्गलादेश वाणिज्य, व्यापार, लगानी लगायत पारस्परिक व्यापार प्रवद्र्धनका सबै पक्षमा विचारविमर्श हुनेछ । बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ ।

बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत सहभागी छन् ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा