‘सहिद स्मारक बी’ डिभिजन लिग आज दुई खेल हुदै

काठमाडौँ, २० फागुन :
सहिद स्मारक‘ बी’ डिभिजन लिग फुटबलमा आज झम्सिखेल युथ क्लब र श्री भगवती क्लब तथा आरसीटी र श्री कुमारी क्लब खेल्दै छन् ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । झम्सिखेल र श्री भगवतीबीचको खेल दिउँसो सवा १२ बजे हुनेछ भने आरसीटी र श्री कुमारी क्लब दिउँसो साढे ३ बजे खेल्ने छन् । झम्सिखेल ८ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा छ ।

श्री भगवती ८ खेलमा ६ अंक जोडेर १० औं स्थानमा रहेको छ । यस्तै, आरसीटी ८ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । (रासस)

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी