निर्माणाधिन रंगशालालाई चितवन समाज आयरल्याण्डको आर्थिक सहयोग

सुमन पौडेल

भरतपुर,१८ बैशाख :

चितवन समाज आयरल्याण्डले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाइ आर्थिक सहयोग गरेको छ ।

शनिबार रङ्गशाला परिसरमा आयोजित एक कार्यक्रमका बिच समाजका महासचिव विबेक राज सपकोटाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई तीन लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै अध्यक्ष धुर्मुसले कठिन परिस्थितिमा पनि बिदेशी भुमिमा रहेर बगाएको रगत पसिनाको कमाइ संकलन गरि सहयोग उपलब्ध गराएको भन्दै दाता संस्था चितवन समाज आयरल्याण्डका अध्यक्ष चेतराज ओली र सम्पुर्ण आयरल्याण्ड वासी सहयोगी नेपालीहरु प्रती आभार ब्यक्त गर्नु भयो ।

सोही अवसरमा समाजका महासचिव सापकोटाले जनस्तरबाट निर्माणाधिन रङ्गशालालाइ सम्पन्न गराउन सरकारदेखि गैर आवसिय नेपाली सम्मलाइ सहयोगको निम्ति आव्हान गर्नुभयो । चितवन समाज आयरल्याण्डका सदस्य मुकुन्द भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षाप्रेमी ज्ञानराज सापकोटा र पत्रकार हेमराज रिमालको समेत सहभागिता रहेको थियो ।

भिडियो हेर्नुहोस् ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा