महिला विश्वकप : भारत–अष्ट्रेलिया भिड्दै

काठमाडौं, २५ फागुन :
महिला टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया उपाधिका लागि प्रतिष्पर्धा गर्दै छन् । मेलबर्नमा हुने फाइनलमा भारत पहिलो पटक उपाधि होडमा पुगेको हो । ११ वर्षमा पहिलो पटक फाइनलमा पुगेकाले भारत अस्ट्रेलियालाई पराजित गर्दे उपाधि जित्ने ध्याउनमा रहेको छ ।

अस्ट्रेलिया भने सर्वाधिक चार पटकको च्याम्पियन टिम हो। पछिल्लो पटक अस्ट्रेलियाले २०१८ मा विश्वकप उपाधि उचालेको थियो। अर्थात डिफेन्डीङ च्याम्पियन अस्ट्रेलिया उपाधि रक्षा गर्ने ध्याउनमा रहेको छ। भारतले अहिलेसम्म ६ पटक प्रतियोगिता खेलेपनि टी–२० महिला विश्वकपको उपाधि जित्न सकेको छैन् ।

सातौं पटकमा भने भारतले फाइनलमा स्थान बनाउन सफल भयो। भारतको अहिलेसम्मको सर्वाधिक उच्च प्रदर्शन भनेकै तीन पटक सेमिफाइनल पुग्नु हो । अघिल्लो संस्करणमा भारत सेमिफाइनलमा पुगेको थियो ।

जहाँ इंग्ल्यानडसँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो। महिला विश्वकपमा नै सर्वाधिक सफल अस्ट्रेलियाले यो सँगै ६ संस्करणमा फाइनलमा स्थान बनाएको छ। जसमा ४ पटक उपाधि जितेको छ। २००९ को पहिलो संस्करणमा मात्रै अस्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिएको थियो ।

त्यसयता भने लगातार फाइनलमा स्थान बनाउन अस्ट्रेलिया सफल भएको छ। यद्यपी भारत भने ११ वर्षे इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको हो । महिला विश्वकपमा इंग्ल्यान्ड र वेस्टइंडिजले समान एक–एक पटक उपाधि जितेका छन् ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन