विद्युत् प्राधिरणमा कुलमान घिसिङ आजदेखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै

काठमाडौं, २७ साउन :

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति पाएका कुलमान घिसिङले आजदेखि जिम्मेवारी सम्हाल्ने हुनभएको छ ।

चार वर्षे कार्यकाल पूरा गरी गत भदौमा अवकाश लिनु भएका घिसिङलाई गत सोमबारको मन्त्रिपरिषद् वैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले आज नियुक्तिपत्र दिएपछि पदवहाली गरी जिम्मेवारी सम्हाल्ने जानकारी घिसिङले दिनुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले प्राधिकरणमा खाईपाई आएको सुविधान दिनेगरी जल तथा ऊर्जा आयोगमा पठाएर घिसिङलाई नियुक्त गरेको हो । शाक्यले हिजोबाटै प्राधिकरणबाट विदा लिईसक्नु भएको छ ।

अघिल्लो कार्यकालमा देशलाई लोडसेडिङ मुक्त गर्न सफल भएपछि घिसिङको लोकप्रियता बढेको थियो भने उहाँले विद्युत् प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा पु¥याउनु भएको थियो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय