प्रिमियर लिगको नयाँ सिजन भोलिबाट सुरु हुँदै

काठमाडौं, २८ साउन :

यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ ।

नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति भएको खेलमा स्पेसिन क्लब भियारियाललाई पेनाल्टी शुट आउटमा हराउँदै इंग्लीश क्लब चेल्सीले उपाधि जितेको हो । खेलको पहिलो हाफमै चेल्सीका हकिम जियचले गोल गर्दै टोलीलाई अग्रता दिए ।

दोस्रो हाफमा भियारियालका जेरार्ड मोरेनोले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको छिनोफानो टाई ब्रेकरबाट भएको हो । टाई ब्रकेरमा चेल्सी ६–५ ले विजयी भयो ।

सुरुवाती ५ प्रहारमध्ये दुबै टोलीले ४–४ गोल गरेपछि सडन डेथबाट विजेता छानिएको हो । सडन डेथको दोस्रो प्रहारमा भियारियालका कप्तान राउल अल्बियोलको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोकेपछि चेल्सी विजयी भएको हो ।

युएफा सुपर कपमा च्याम्पियन्स लिग र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्ने गरेका छन् । सुपर कपको उपाधिसँगै चेल्सीले यो सिजनको इंग्लीश प्रिमियर लिगमा राम्रो दाबेदारी दिने संकेत गरेको छ ।

प्रिमियर लिगको नयाँ सिजन भोलिबाट सुरु हुँदैछ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव