कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनसनमा रहेकाले बैठक बुढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ ।

कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा पार्टीको १४ औ महाधिवेशन अनिश्चित बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विशेष महाधिवेशन भएपनि तोकिएकै मितिमा गर्न माग गरेको छ भने सभापति शेरबहादुर देउवा महाधिवेशन सारेर मंसिरमा गर्ने पक्षमा हुनुहुन्छ । कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सक्नेगरि अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो।

तर क्रियाशील सदस्यता विवाद देखाउँदै गाउँ-नगरको वडा अधिवेशन, गाउँ-नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ( एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला) अधिवेशन स्थगित भइसकेको छ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम