काठमाडौं, २७ फागुन :
रङहरुको पर्व होली तराईका विभिन्न जिल्लामा आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ आज मनाइँदै छ । असत्य माथि सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाउने गरिन्छ ।
पहाडी जिल्लामा हिजो मनाइएको होली तराईका जिल्लामा भने आज मनाउने चलन छ । बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।
यसैबीच होलीको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् भन्ने कामना गर्नुभएको छ । होलीले नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ ।
होलीको अवसरमा प्रदेश २ अन्तरगतका जिल्लामा सरकारले आज सार्वजनिक विदा दिएको छ ।