काठमाडौं, १४ मंसिर :
नेकपा (एमाले)को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २३ मत पाउनुभएकाे छ ।
मतगणना जारी रहेकाले दुवैकाे केही मत बढ्न सक्ने निर्वाचन समितिका एक सदस्यले ईमेजखबरलाई जानकारी दिनुभयाे । उपाध्यक्षको मत गणना सुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदानमा गएको थियो । विहान ४ बजेबाट मतदान सुरु भएको मतदान ११ बजे सकिएको थियो ।





