गुरुकुल कलेजमा ‘पब्लिक स्पिच’ सम्बन्धि प्रशिक्षण

भरतपुर, ८ पुष :

गुरुकुल कलेज भरतपुर ९ मा सार्बजनिक भाषणकला तथा ब्यक्तित्व बिकासबारे एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त कृयाकलाप अन्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गरिएकोमा बिहिबार ‘पब्लिक स्पीच’ सम्बन्धी कार्यक्रम गरिएको हो ।

आजको कार्यक्रमका प्रशिक्षक ख्यातिप्राप्त पत्रकार तथा कार्यक्रम सन्चालक मुकुन्द भुसाल रहेका थिए । उनले बिध्यार्थीहरुमा भाषणकलाको महत्व तथा कार्यक्रम संचालन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रम कक्षा ११ र १२ का विधार्थीहरुलाइ लक्षित गरि संचालन गरिएको थियो । सो अवसरमा बिध्यार्थीहरु उत्सुकतापुर्बक सहभागी भएका थिए

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि