राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ अध्यक्षको पदबहाली आज हुने

काठमाडौं, २९ फागुन :
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तीन अध्यक्षको पद बहाली आज (बिहीबार) हुने भएको छ । दिउँसो १ बजे औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीले पद बहाली गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

अब राप्रपाको कार्यालय चावहिलस्थित चारुमति बिहानमा हुनेछ । एकता प्रक्रियाका सम्पूर्ण काम धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सम्पन्न गरेका राप्रपाका नेताहरुले अबको कार्यालय चारुमति बिहानमा सार्ने भएका छन् । यो तत्कालीन राप्रपा संयुक्तको कार्यालय हो ।

बुधबार पार्टी एकता घोषणा गर्दै दुई राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म, साक्षेप हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र उल्लेख गरिएको आधारपत्र आदानप्रदान गरेका छन् ।

 

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा