प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, आज रिपोर्ट आउँदै

काठमाडौं, २९ फागुन :
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको आज (बिहीबार) आठौं दिन भएको छ । तर उनी अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन्, अझै टुंगो लाग्न सकेको छैन । महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको आज पिसाबको रिपोर्ट आउने उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

‘क्लेबसेला ब्याक्टेरिया’ संक्रमणको आशंका देखिएपछि प्रधानमन्त्री ओलीको पिसाबको कल्चर गर्न नमुना पठाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज त्यसको रिपोर्ट आउने चिकित्सकले बताएका छन् ।

‘अस्पतालको शल्यक्रिया कक्षमा रहेको बिरामीको नियमित परीक्षण सामान्य कुरा हो,’ बिहीबार प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य क्रमशः सुधार भइरहेको छ, कहिले डिस्चार्ज हुन्छ भन्ने कुरा त अहिल्यै कसरी भन्ने ?’ सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको ५ देखि ७ दिनसम्ममा डिस्चार्ज गर्ने बताएका थिए ।

पिसाब कल्चरको रिपोर्ट आज आएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज कहिले गर्ने भन्नेबारे निर्णय हुने चिकित्सकको भनाइ छ । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहले पिसाब पिसाबको कल्चर रिपोर्ट आएपछि मात्रै थप केही भन्न सकिने बताएकी छन् ।

 

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन