आहा रारा गोल्डकपको दोस्रो सेमिफाईनलमा मनाङ र आर्मी भिड्दै

काठमाडौं, २९ फागुन :
पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा रंगशालामा दिउँसो ३ बजेपछि उपाधि दाबेदार टोलीबीचको सेमिफाईनल भिडन्त सुरु हुनेछ । आर्मीले संकटालाई तथा मनाङले झापा ११ लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

आजको विजेताले गोल्डकपको फाइनलमा विभागीय टोली नेपाल पुलिससंग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै पुलिसले गोल्डकपको फाईनल यात्रा तय गरेको थियो । १० टोली सहभागी प्रतियोगीताको फाईनल खेल शनिबार हुनेछ ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक