राजर्षी जनक कप फुटबलमा आज जावलाखेल र युकेएफसी भिड्दै

काठमाडौं, २९ फागुन :
सर्लाहीमा जारी राजर्षी जनक कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा आज ललितपुरे जावलाखेल युथ क्लब र पाहुना टोली युकेएफसी दार्जेलिङ आमने सामने हुँदैछन् । सर्लाहीस्थित सन्तोष श्रेष्ठ मेमोरियल फुटबल मैदानमा दिउँसो साढे ३ बजे सेमीफाइनल प्रबेशको लक्ष्यसहित यी दुई टोली मैदान उत्रनेछन् ।

विभागीय टोली नेपाल एपीएफलाई हराएको जावलाखेल पाहुना टोलीबिरुद्ध सहज जितको योजनामा मैदान उत्रनेछ । प्लानिङ व्वाईज पेप्सीकोलाको टोलीलाई हराउँदै क्वाटर फाइनलमा पुगेको युकेएफसी, ए डिभिजनको टोलीविरुद्ध बलियो चुनौती दिने लक्ष्यमा छ । आजको विजताले सेमिफाइनलमा कञ्चनजंघा एफसी सिलगुढीको सामना गर्नेछ ।

यसअघि हिजो भएको खेलमा व्वाईज युनियन क्लबलाई ३–० ले हराउँदै विभागीय नेपाल पुलिसले गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । १२ टोलीको सहभागीता रहेको गोल्डकपको उपाधि विजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा