१० बैशाख, चितवन । प्रेस चौतारी चितवनलाई स्थानीय व्यवसायी मनोज विष्टले एकथान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ । आज प्रेस चौतारी चितवनको कार्यलयमै गएर उहाँले कम्प्युटर हस्तान्तरण गर्नुभएको हो।
कम्प्युटर हस्तान्तरणपछि बोल्दै विष्टले पत्रकारहरुलाई काम गर्न सहज हाेस् भनेर कम्प्युटर प्रदान गरेको बताउनुभयो। उहाँले निर्वाचनकाे माहोलमा छिटोभन्दा छिटाे समाचार प्रकाशन प्रसारण गर्नुपर्ने भएकाले पत्रकारलाई सहज होस र सर्वसाधारणले छिटो समाचार पढ्न पाउन भनेर कम्प्युटर हस्तान्तरण गरेको बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले विष्टकाे सहयोगले आफुहरुलाई अझ हौसला मिलेको बताउनुभएको छ । उहाँले कम्प्युटर प्रदान गरेकोमा धन्यवाद दिनुको साथै चुनावको समयमा प्रेस चौतारीले न्युज डेस्क राखेर काम गर्ने समेत बताउनुभएको छ। सो अवसरमा एमाले चितवन प्रचार विभाग प्रमुख रबि किरण पौडेल, सचिव हरि प्रसाद पोखरेल, पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।





