सार्क राष्ट्रका नेताहरुबीच आज भिडियो संवाद हुने

काठमाडौं, २ चैत :

सार्क राष्ट्रका नेताहरुबीच आज कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ । साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् । उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुने बताइएको छ ।

गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरुलाई अपिल गरेका थिए । मोदीको अपिललाई अरु सदस्य राष्ट्रहरुले जस्तै पाकिस्तानले पनि स्वीकारेपछि भिडियो संवाद सम्भव भएको हो ।

सार्कं राष्ट्र नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान,माल्दिभ्स र श्रीलंकाका नेताहरुबीच एक साथ भिडियो संवाद हुनेछ । संवादमार्फत सार्क राष्ट्रका नेताहरुले आफ्ना अनुभव र संक्रमण नियन्त्रणका उपायबारे छलफल गर्नेछन् ।

भारतमा कोरोनाका कारण दुईजना र पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । नेपाललगायत अन्य सार्क सदस्य राष्ट्रहरुमा कोरोनाका विरामी भेटिएका छन् । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण विगत चार वर्षदेखि सार्कको गतिविधि शून्यप्रायः छ ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा