चितवनको राप्ती-५ को वडा अध्यक्षमा एमालेबाट सिताराम बल सहितको प्यानलै विजयी

जेठ २, चितवन :

चितवनको राप्ती-५ को वडा अध्यक्षमा एमालेबाट सिताराम बल सहित प्यानलै विजयी भएको छ ।

राप्ती ५ को वडा अध्यक्षमा सिताराम बलले १ हजार ७४ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्धवन्दी गठबन्धनबाट नेकपा एकिकृत समाजवादिका फणिन्द्र पाठकले ६ सय ५५ मत ल्याएका छन् ।

एमालेबाट महिला वडा सदस्यमा गोमादेवी धरेलले १ हजार ७५, दलित महिला सदस्यमा लक्ष्मी विकले १ हजार ६७, खुल्ला सदस्यमा चुडामणि बर्तौलाले १ हजार २ र मदन लटौलाले ९ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

राप्तिमा अहिले सम्म चार वटा( ६, ४, १२ र ५) वडाको मतगणना सम्पन्न भएको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव